सरस्वती मा.वि.मा तिहारपछिको पहिलो दिन बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

११ कार्तिक २०८२, मंगलवार
सरस्वती मा.वि.मा तिहारपछिको पहिलो दिन बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

कैलाली । धनगढी उपमहानगरपालिका वडा नं. ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा तिहार बिदा सकिएर विद्यालय खुलेको पहिलो दिन, मिति २०८२ कार्तिक ११ गतेका दिन, बृहत् विद्यालय सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय परिसर, कक्षा कोठा तथा शौचालयहरूको व्यवस्थित सरसफाइ गरी विद्यालयलाई पूर्ण रूपमा पठनपाठनका लागि तयार पारिएको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय सहभागितामा सरसफाइ कार्यक्रम सफल भएको हो । विद्यालयका प्रधानाध्यापकले सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि विद्यालयको सफाइमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई स्वस्थ र सफा वातावरणमा अध्ययन गर्न प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio