पृथ्वीराजमार्गमा माइक्रो दुर्घटना, १४ जना घाइते

११ कार्तिक २०८२, मंगलवार
पृथ्वीराजमार्गमा माइक्रो दुर्घटना, १४ जना घाइते

दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

माइक्रो सडक छेउको भित्तामा ठोक्किएको थियो । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको गाडीसँग समेत ठोक्किएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio