कञ्चनपुर। पुनर्वास नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले बीउ माग कार्यक्रम सञ्चालनका लागि किसान, कृषक समूह र कृषि सहकारीहरूलाई आवेदन पेश गर्न आह्वान गरेको छ ।

नगरपालिकाको कृषि विकास शाखाले आज २०८२/०७/११ गते एक सूचना प्रकाशित गरेको हो । नगरपालिकाको स्वीकृत कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ माग कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

इच्छुक कृषक, कृषक समूह वा कृषि सहकारी/कृषि फर्महरूलाई सूचना प्रकाशित भएको मिति अर्थात् २०८२ कार्तिक १२ गतेदेखि ७ दिनभित्र कृषि विकास शाखामा निवेदन पेश गर्न भनिएको छ ।

आवश्यक कागजातहरू:

बीउ माग सम्बन्धी निवेदन फारम ।

निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि ।

कृषक समूहको हकमा समूह दर्ता प्रमाण पत्रको प्रतिलिपि र समूहको निर्णय प्रतिलिपि ।

कृषि फर्म र कृषि सहकारीको हकमा स्थायी लेखा नम्बर, कर चुक्ता र बीउ माग सम्बन्धी निर्णयको प्रतिलिपि ।