लालझाडी–२ मा आगलागी: गाउँपालिका अध्यक्षद्वारा राहत सामग्री हस्तान्तरण

२९ आश्विन २०८२, बुधबार
लालझाडी–२ मा आगलागी: गाउँपालिका अध्यक्षद्वारा राहत सामग्री हस्तान्तरण

कञ्चनपुर, असोज २९

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर २ कस्वामा बसोबास गर्दै आउनु भएका श्री नारद राना ज्यूको घरमा हिजो साँझ अचानक आगलागी हुँदा ठूलो क्षति भएको छ। आगलागीबाट घरमा रहेको लुगाफाटा, खाद्यान्न, भाँडाकुँडा, ओढ्ने ओछ्याउने सामग्रीसहित अन्य सम्पत्ति पूर्णरूपमा जलेर नष्ट भएको जनाइएको छ।

घटनाको जानकारी प्राप्त भएपछि आज लालझाडी गाउँपालिकाका अध्यक्ष श्री निर्मल राना ज्यू पीडित लाई राहतस्वरूप लुगा, कम्बल, त्रिपाल, भाँडाकुँडा तथा खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको छ। उहाँले पीडित परिवारलाई आवश्यक सहयोगको प्रतिबद्धता जनाउँदै तत्कालका लागि राहत सामग्री उपलब्ध गराइएको र दीर्घकालीन क्षतिपूर्तिका लागि सम्बन्धित निकायहरुसँग संवाद गरी आवश्यक सिफारिस समेत गरिने जानकारी दिनुभयो।

अध्यक्ष रानाले स्थानीय स्तरमा यस्ता घटनाहरूको समाधानका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै पीडित परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको छ। गाउँपालिका कार्यालयले आगलागीबाट क्षति मूल्यांकन गरी थप सहयोगका लागि प्रदेश तथा संघीय निकायहरूसँग समन्वय गर्ने बताइएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio