कञ्चनपुरमा डेढ लाख बढि रकमसहित ९ जना जुवाडे पक्राउ

२८ आश्विन २०८२, मंगलवार
कञ्चनपुरमा डेढ लाख बढि रकमसहित ९ जना जुवाडे पक्राउ

धनगढी । कञ्चनपुरमा डेढ लाख बढि रकमसहित ९ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको वेदकोट नगरपालिका–९ कोल्डस्टोरस्थित बिकास बमले सञ्चालन गरेको अम्बै कटेजमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट एक लाख ६९ हजार ९३५ रुपैयाँ समेत बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio