कांग्रेस सभापति देउवाले तोके उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक

२८ आश्विन २०८२, मंगलवार
कांग्रेस सभापति देउवाले तोके उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए ।

‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने। उनले १५ औं महाधिवेशनले तोकेको अवधिमै हुन्छ ।

उनले आफू पाँच पटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका थिए। ‘पाँच पटक प्रधानमन्त्री भएँ,पाँच वर्ष पनि चलाउन पाइन,’ उनले भने ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio