मनेहरा कप २०८२ को फाइनल खेल सारियो, आइतबार बिहान ११:०० बजे सुरु हुने

२५ आश्विन २०८२, शनिबार
मनेहरा कप २०८२ को फाइनल खेल सारियो, आइतबार बिहान ११:०० बजे सुरु हुने

दिनेश राना/धनगढी । धनगढीस्थित मनेहरा स्पोर्ट्स क्लबले आयोजना गरेको मनेहरा कप २०८२ खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको फाइनल खेल सारिएको छ ।

‎क्लबले आज (२०८२ असोज २४ गते) एक सूचना जारी गर्दै पूर्वनिर्धारित समयमा फाइनल खेल सम्पन्न गर्न नसकिएको कारण मिति परिवर्तन गरिएको जानकारी गराएको हो ।

‎सूचना अनुसार, असोज २३ गतेदेखि सुरु भएको मनेहरा कपको फाइनल खेल अब २०८२ असोज २६ गते (आइतबार) बिहान ११:०० बजे देखि सुरु हुनेछ ।

‎आयोजक समितिले समय परिवर्तनका कारण खेलप्रेमी दर्शक, सहभागी खेलाडी तथा अतिथिहरुमा पर्न गएको असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दै सम्पूर्ण खेलप्रेमी दर्शक, खेलाडी, एवं सहयोगीहरूलाई निर्धारित नयाँ समयमा उपस्थित भई खेल अवलोकनका लागि अनुरोध गरेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio