लालझाडीमा स्वतन्त्र युवा समूहद्वारा पक्की पुलमा नेपालको राष्ट्रिय झण्डा फहराइयो

२४ आश्विन २०८२, शुक्रबार
लालझाडीमा स्वतन्त्र युवा समूहद्वारा पक्की पुलमा नेपालको राष्ट्रिय झण्डा फहराइयो

लालझाडी
लालझाडी गाउँपालिका वडा नं ३ स्थित नन्द गाउँ बल्मीको पक्की पुलमा स्वतन्त्र युवा समूहले नेपालको राष्ट्रिय झण्डा फहराएका छन्। यो कार्य शान्तिपूर्ण आन्दोलनको संकेतस्वरूप गरिएको बताइएको छ।

स्वतन्त्र युवा समूहका संयोजक नारायण रानाको नेतृत्वमा भएको उक्त कार्यक्रममार्फत राष्ट्रिय एकता, लोकतन्त्र र नागरिक अधिकारप्रति प्रतिबद्धता जनाइएको छ। संयोजक रानाले शान्तिपूर्ण तरिकाले जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पुलमा झण्डा राखिएको जानकारी दिए।

“यो कुनै दल विशेषको कार्यक्रम होइन,” रानाले भने, “हामी युवाहरू राष्ट्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउँदैछौं।”

स्थानीय समुदायले पनि झण्डा फहराउने यो पहललाई सकारात्मक रूपमा लिएको देखिन्छ। पर्सिया गाउँका एक स्थानीय बासिन्दा  श्री नारायण राना ले भने, “युवाहरूले राष्ट्रप्रतिको प्रेम र जिम्मेवारी देखाएका छन्। यस्तो कामले अरूलाई पनि प्रेरणा मिल्छ।”

झण्डा राखिएको स्थान सार्वजनिक ठाउँ भएकाले उक्त कार्यले स्थानीय प्रशासनको ध्यान समेत खिच्न सक्छ भन्ने चर्चा स्थानीय स्तरमा भइरहेको छ। यद्यपि, हालसम्म कुनै सुरक्षा निकाय वा प्रशासनको औपचारिक प्रतिक्रिया आएको छैन।

स्वतन्त्र युवा समूहले यसअघि पनि विभिन्न सामाजिक र जनचेतनामूलक कार्यहरू गर्दै आएको छ। समूहले भविष्यमा अझ शान्तिपूर्ण र रचनात्मक कार्यक्रमहरू गर्ने तयारी रहेको जनाएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio