होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

२३ आश्विन २०८२, बिहीबार
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

कञ्चनपुर, असोज २३

कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । 

जिल्लाका क्रियाशिल  पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको  रकमबाट पत्रकार विवशलाई उपचार गर्न सहयोग गरिएको हो । 

पत्रकार विवश केही दिनदेखि पेटको बिरामीले महाकाली अस्पतालमा उपचारार्थ छन । 

आर्थिक अभावले थला परेका पत्रकार विवशलाई क्रियाशिल पत्रकारको टोलीले उपचार खर्च सहयोग गरेको हो । 

क्रियाशिल पत्रकारका अगुवा एव नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायाले पत्रकार विवशलाई नगद ५हजार औषधी खर्च हस्तान्तरण गरेका छन । 

विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य हुन । यस अघि जिल्लाका अन्य पत्रकारलाई उपचार खर्च गरिएको थियो । दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनी समसामयिक समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएका छन । सहकर्मी बिरामी परेर थला परेको थाहा पाएपछि जिल्लाका पत्रकार अस्पताल पुगेर शिघ्र स्वाथ्य लाभको कामना गरेका थिए । आफु बिरामी भई अस्पतालको सैयामा उपचारार्थ भएका बेला जिल्लाका क्रियाशिल एव होली खेलेका सहकर्मी आएर उपचारखर्चदेखि सान्त्वना प्रदान गरेपछि पत्रकार विवशले कञ्चनपुरका सम्पूर्ण पत्रकारप्रति आभार गरेका छन । 

Wedding Story advertisement Of Jems Movies & Photo Studio