धनगढी: धनगढी-१७ को भानु माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका पदाधिकारीले मङ्गलवार वृक्षरोपण गरेका हुन् ।
विद्यालयमा ८१ बोट टेकुमा फूल १५ बोट अशोक, तीन बोट नीम र दुई बोट तेजपात रोपिएको प्रधानाध्यापक गोविन्द कलौनीले बताए ।
बिरुवा खरिद गर्न विद्यालयका शिक्षक र व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूले आर्थिक सहयोग गरेको प्रधानाध्यापक कलौनीले बताए। शिक्षक र व्यवस्थापन समितिले पाँच हजार रुपैयाँ बराबरको बिरुवा खरिद गरी वृक्षारोपण गरेका हुन् ।
टेकुमा, नीम र तेजपातको बिरुवा भने वनस्पति अनुसन्धान केन्द्र देरबारियाबाट निःशुल्क प्राप्त भएको प्रधानाध्यापक कलौनीले बताए । वृक्षारोपणमा विद्यालयका पूर्व विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो । पुर्व विद्यार्थीहरू लोकराज जोशी, दीपक बोहोरा, विद्यालय कर्मचारी जनक चौधरी र यम बहादुर चौधरी तथा अभिभावक सिताराम चौधरी वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए ।
यस्तै शिक्षक सुरेश राना र गोविन्द प्रसाद कलौनी पनि वृक्षारोपणमा सहभागी थिए ।