धनगढी । कैलालीको धनगढी उप-महानगरपालिका वडा नं. ७, मनेहरामा आयोजना हुन लागेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको मिति परिवर्तन भएको छ । मनेहरा स्पोर्ट्स क्लबले सूचना जारी गर्दै प्रतियोगिता वर्षाका कारण सार्नुपरेको जानकारी दिएको छ ।
क्लबले २०८२ असोज १८ गते जारी गरेको सूचना अनुसार, यसअघि असोज १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भनिएको उक्त भलिबल प्रतियोगिता अब २०८२ असोज २३ गतेदेखि २५ गतेसम्म हुने भएको छ ।
मौसममा आएको खराबी (लगातारको वर्षा) का कारण खेल मैदान तयारी अवस्थामा नरहेको र खेलाडी तथा दर्शकको सुविधालाई ध्यानमा राखेर प्रतियोगिताको मिति सार्ने निर्णय गरिएको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष रूपक चौधरी द्वारा हस्ताक्षरित सूचनामा प्रतियोगिताको पुरस्कार राशि भने यथावत् रहने उल्लेख छ । क्लबले सम्पूर्ण टिम, खेलाडी र खेलप्रेमीहरूमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै तोकिएको नयाँ मितिमा सहभागी हुन अनुरोध गरेको छ ।