धनगढीमा मनेहरा कप-२०८२ खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने

१२ आश्विन २०८२, आईतवार
धनगढीमा मनेहरा कप-२०८२ खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने

‎धनगढी- धनगढी उप-महानगरपालिका-७, मनेहरा स्थित मनेहरा स्पोर्टस क्लबको आयोजनामा ‘मनेहरा कप-२०८२’ खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।



‎शुभ दीपावलीको पावन अवसर पारेर आयोजना गर्न लागिएको यो प्रतियोगिता मिति २०८२ असोज १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

‎प्रतियोगितामा प्रथम हुने टिमले २५,५२५/-, द्वितीय हुनेले १५,५२५/- र तृतीय हुने टिमले ७,५२५/- नगद पुरस्कार, मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन् । टिम दर्ताको अन्तिम मिति असोज १८ गते साँझ ५ बजेसम्म तोकिएको छ भने दर्ता शुल्क ५,५००/- रुपैयाँ राखिएको छ ।

‎आयोजकले समयमै टिम दर्ता गराई प्रतियोगितालाई भव्यताका साथ सफल पार्न सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio