कृष्णपुर -: प्रथम कञ्चनजंगा यु-१७ फुटबल प्रतियोगिता २०८२ सम्पन्न, उपाधि कञ्चनजंगा मा.वि. गुलरिया लाई 

१२ आश्विन २०८२, आईतवार
कृष्णपुर -: प्रथम कञ्चनजंगा यु-१७ फुटबल प्रतियोगिता २०८२ सम्पन्न, उपाधि कञ्चनजंगा मा.वि. गुलरिया लाई 

 

नरेश राना / कञ्चनपुर  -:     कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिहपुर खेलमैदानमा आयोजित प्रथम कञ्चनजंघा यु -१७ फुटबल प्रतियोगिता २०८२ आज एक भव्य समारोहका साथ सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि कञ्चनजंघा माध्यमिक विद्यालय गुलरिया ले जितेको छ भने सत्यवती एकेडेमी अत्तरिया  उपविजेता बन्न सफल भएको छ।

गत असोज ७ गते देखि सुरु भएको प्रतियोगितामा कञ्चनपुर र कैलाली जिल्लाबाट आएका १६ वटा टिमहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धात्मक खेलमा फाइनल खेल बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटको माध्यमबाट कञ्चनजंगाले सत्यावती एकेडेमीलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।

विजेता कञ्चनजंघा माध्यमिक विद्यालय गुलरिया  ले नगद  रु ४११०० सहित  ट्रफि प्रमाण पत्र मेडल प्राप्त गरेको छ।
उपविजेता  सत्यवती एकेडेमी अत्तरिया  ले नगद २११००को साथमा प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको छ। सन्तोष चौधरी (कञ्चनजंगा मावि) वेस्ट प्लेयर 

वेस्ट गोल किपर र म्यान अफ दी म्याच फाइनल आयुस विक (कञ्चनजंगा मावि)

प्रसान्त तामाङ (सत्यावती एकेडेमी) वेस्ट स्कोर 

खेल संयोजक के . पी. कलौनी ले प्रतियोगिता अत्यन्तै सभ्य भव्य रुपमा सम्पन्न भएको जानकारी दिएका छन्। साथै, कञ्चनजंगा स्कुलका अध्यक्ष  खगेन्द्र प्रसाद ओझाले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामुदायिक सहकार्य, खेलकुदप्रतिको लगाव र युवामा खेलकुद चेतनाको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले स्थानीयस्तरमा फुटबल विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio