कृष्णपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिहँपुर खेल मैदानमा जारी प्रथम कञ्चनजंघा यु -१७ फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनल चरणका दुवै खेल सम्पन्न भएका छन्।
सेमिफाइनलको पहिलो खेलमा आयोजक कञ्चनजंघा माध्यमिक विद्यालय र ज्योति स्कूल बीच प्रतिस्पर्धा भएको थियो। कडा टक्करको खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा कञ्चनजंघा ले ज्योति स्कूल लाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्यो।
त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा सत्यवती माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय बीच प्रतिस्पर्धा भएको थियो। निकै रोमाञ्चक खेलमा सत्यवतिले २-१ गोल अन्तरले सरस्वती लाई पराजित गर्दै फाइनल यात्रा तय गर्यो।
अब प्रतियोगिताको फाइनल खेल भोलि दिउँसो २ बजे आयोजक कञ्चनजंगा मावि र सत्यावती माविबीच हुनेछ।
प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु ४१,००१, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु २१,१००, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिता आयोजक कञ्चनजंगा माविको संयोजनमा संचालन भईरहेको हो भने खेलहरू सिहँपुर खेल मैदान, कृष्णपुर–६, कञ्चनपुरमा आयोजना भइरहेको छ। आयोजक समितिले फाइनल खेलमा स्थानीय स्तरमा विशेष कार्यक्रमसहित खेलको समापन गर्ने तयारी गरेको छ।