निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

६ आश्विन २०८२, सोमबार
निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

कञ्चनपुर – निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । गत २१ भदौँमा संघको १५औँ कार्य समिति चयनका लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी एव सदस्यले सोमबार निर्माण व्यवसायी संघको सभाकक्षमा सपथ ग्रहण तथा पदभारग्रहण गरेका हुन ।

निर्वाचन संयोजक पदमराज भट्टले अध्यक्ष अवस्थीलाई सपथ ग्रहण गराएका थिए । त्यसैगरी अध्यक्ष अवस्थीले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । कार्यक्रममा नव निर्वाचित अध्यक्ष पुष्पराज अवस्थीले समग्र जिल्लाभरीका निर्माण व्यवसायीको हकहितमा काम गर्ने प्रण गर्दै संघलाई एकढिक्का बनाएर लग्ने बताए ।

कार्यक्रममा निर्वतमान अध्यक्ष निरञ्जन प्रशाद भट्टले आफ्नो कार्यकालमा व्यबसायीकोे हकहितका लागि गरएिका कामलाई नयाँ समितिले निरन्तरता दिने आशा व्यक्तगर्दै शुभकामना व्यक्त गरे । उनले अग्रजहरुको सम्मान गर्न नविर्सन नयाँ कार्यसमितिलाई सल्लाह दिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio