कञ्चनपुर-
जेनेरेशन जेड (जेन–जी) को नेतृत्वमा सञ्चालन गरिएको भ्रष्टाचार र बेथिति विरुद्धको आन्दोलनमा भदौ २३ गते ज्यान गुमाएका सहिद प्रति सम्झनामा कञ्चनपुरको लालझाडी गाउँपालिकामा बुधबार शोक कार्यक्रम सम्पन्न भएको छ।
शोक कार्यक्रममा स्थानीय बासिन्दा, आन्दोलनका समर्थकहरू सहभागिता जनाएका थिए। कार्यक्रममा मैनबत्ती बालेर, स्मृतिसभामार्फत दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
आन्दोलनमा सहभागी एक स्थानीय युवाले भने, “हामी भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउने क्रममा सहिद भएका दाजुभाइहरूलाई कहिल्यै बिर्सदैनौँ। उनीहरूको बलिदानले यो देशमा शुद्ध शासनको आधार तयार पार्नेछ।”
शोक कार्यक्रमको क्रममा वक्ताहरूले सहिदहरूको बलिदानलाई सम्मान गर्दै, आन्दोलनलाई अझ बलियो, संगठित र शान्तिपूर्ण ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए।