‎धनगढी उपमहानगरपालिकाले आज एक दिनको शोक विदा दिएको सूचना

२४ भाद्र २०८२, मंगलवार
‎धनगढी उपमहानगरपालिकाले आज एक दिनको शोक विदा दिएको सूचना

‎धनगढी, भदौ २४ – धनगढी उपमहानगरपालिकाले Gen Z पुस्ताको आन्दोलनको क्रममा २०८२ साल भदौ २३ गते ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज भदौ २४ गते (मंगलबार) एक दिनको शोक विदा दिएको छ ।

‎उपमहानगरपालिकाबाट जारी सूचनामा आज नगरपालिकाको सम्पूर्ण कार्यालयहरू, शैक्षिक संस्था तथा संघ-संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ । नगरप्रमुख गोपाल हमालद्वारा हस्ताक्षरित सूचनामा यो निर्णय मृतकप्रति श्रद्धाञ्जली स्वरूप लिइएको जनाइएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio