कैलालीको खुटिया खोलामा डुबेर धनगढीका ३ किशोरको मृत्यु, १ बेपत्ता

१२ भाद्र २०८२, बिहीबार
कैलालीको खुटिया खोलामा डुबेर धनगढीका ३ किशोरको मृत्यु, १ बेपत्ता

धनगढी: कैलालीको गोदावरी नगरपालिका–९, शेहरीस्थित झुलोंगे पुल नजिक खुटिया खोलामा नुहाउन गएका सात जना किशोरमध्ये ३ जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार डुबेका ३ जना मृत अवस्थामा फेला परेका हुन्। धनगढी घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी पौडी खेल्न गएका थिए।

त्यसमध्ये ३ जना मृत फेला परेका हुन् भने एक बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार उनीहरू दिउँसो करिब २ बजेतिर खुटिया खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए।

सोही समयमा खोलामा डुबेका अन्य तीन किशोरको भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीय र सुरक्षाकर्मीको टोलीले खोजी कार्य सञ्चालन गरेको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio