कृष्णपुरमा सञ्चालित तीन वटा परियोजनाको अनुगमन

११ भाद्र २०८२, बुधबार
कृष्णपुरमा सञ्चालित तीन वटा परियोजनाको अनुगमन

नरेश राना / कृष्णपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सञ्चालित ३ वटा परियोजनाहरुको अनुगमन निरिक्षण गरिएको छ । नगरपालिकामा सञ्चालित वाल स्पोन्सरसिप, समावेशी गुणास्तरी शिक्षा र किशोरी परियोजनाको बुधबार सहयोगी संस्थाका प्रतिनिधि, नगरपालिकाका जनप्रतिनिधि एवम् कर्मचारी, बाल सञ्जालका प्रतिनिधि लगायतको संयुक्त टोलीले अनुगमन निरिक्षण गरेको हो ।

उक्त परियोजनाहरु वल्र्ड भिजन इन्टरनेशनल नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले नगरका विभिन्न वडाहरुमा सञ्चालन गरेका थिए । सन २०२५ मा नगरमा सञ्चालित उक्त परियोजनाहरुको प्रभावकारीता, परियोजना सञ्चालन पश्चात भएका फाईदा, बालबालिकाहरुले परियोजनाले पु¥याएको सहयोग लगायतका विषयहरुमा अनुगमन गरिएको मिल अधिकृत मिठ्ठु हुड्केले जानकारी दिए ।

नगरउपप्रमुख द्रोपती रानासहित करिब १५ जना सहभागी अनुगमन टोलीले नगरपालिकाको वडा नं. ७ मा बालअधिकार समिति, बालक्लब, वडा नं. ९ मा रहेको अपांगमैत्री, बालमैत्री र लैङ्गिक मैत्री शौचालय तथा आराम कक्षको अनुगमन गरेको उनले बताए । त्यस्तै वडा नं. १ मा रहेको उदय मावीमा शौचालय मर्मत स्वच्छता सामाग्रीहरु पाएका बालिकाहरुसँग छलफल गर्नुका साथै सोही वडामा निर्माण गरिएको शौचालय र दुई कोठे भवनको समेत अनुगमन गरिएको उनले बताए । उनका अनुसार वडा नं. १ मा बालबालिकाहरुले देखाएको सडक नाटकको पनि अनुगमन टोलीले निरिक्षण गरेको थियो ।

अनुगमन पश्चात सरोकारवालाहरुबाट अनुगमनमा देखिएका उपलब्धी तथा सुझावहरु लिने कार्य गरिएको उनको भनाई छ । उनले संस्थाले गरेका कामको मुल्यांकन गर्नका लागि पनि अनुगमन गरिएको बताए । अनुगमनका क्रममा संस्थाले गरेका कार्यहरुको बारेमा सकारात्मक प्रतिक्रिया पाईएको उनको भनाई छ ।

अनुगमन टोलीमा नगरउपप्रमुख राना सहित, नगरपालिकाका सामाजिक विकास अधिकृत प्रेम बोगटी, शिक्षा शाखा स्रोत व्यक्ति गणेश सिँह, जनस्वास्थ्य निरिक्षक दिपक खड्का, नगरस्तरिय बालसञ्जालका अध्यक्ष अशोक धामी, वल्र्ड भिजन इन्टरनेशनलका कञ्चनपुर संयोजक सुरज शर्मा, कार्यक्रम संयोजक छत्र भट्ट, एनएनएसडब्ल्यूएका अध्यक्ष माया सार्की, एचआर मेनेजर विनोद जैरु, कार्यक्रम संयोजक रामेश्वर जैरु, बाल संरक्षण अधिकृत गणेश भुल, कार्यक्रम अधिकृत नरेन्द्र बदेला, शिक्षा अधिकृत सृजना ठगुन्ना र तिला बि.क रहेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio