लालझाडी :- दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयमा लगाएको ताला खोलियो

६ भाद्र २०८२, शुक्रबार
लालझाडी :- दोदा साना किसान र अनमोल सहकारी:पीडित कृषक र सहकारीबीच सम्झौता,कार्यालयमा लगाएको ताला खोलियो

कञ्चनपुर, – लालझाडी गाउँपालिका–३ बल्मीमा रहेको दोदा साना किसान कृषि सहकारी र अनमोल सहकारीबीच लामो समयदेखि जारी विवाद सम्झौतामार्फत अन्त्य भएको छ। सम्झौतासँगै ताला लगाइएको सहकारी कार्यालय पनि सर्वपक्षीय उपस्थितिमा ताला खुलेको छ।

सहकारीले कृषि यन्त्र उपलब्ध नगराएको भन्दै पीडित कृषकहरूले असन्तुष्टि जनाउँदै सहकारी कार्यालयमा  तालाबन्दी गरेका थिए। कृषकहरूले पटक–पटक सुरो नेपाल संस्थाकी संस्थापक अध्यक्ष सुशीला खड्का , वितरण समितिकी संयोजक सुनिता चौधरी अनुगमन संयोजकसमेत रहेकी सुनिता चौधरीलाई सम्पर्क गर्दा समेत कुनै जवाफ नपाएपछि सुरो नेपाल संस्था र वितरण समितिकी चौधरीलाई सम्पर्क गर्दा पनि सुनुवाइ नभएपछि कानुनी बाटो अपनाउन बाध्य भएको सहकारीले जनाएको छ।

विवाद समाधानका लागि लालझडी गाउँपालिका अध्यक्ष निर्मल रानाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सहमति निकाल्दै  सम्झौता गरेको हो। सर्वदलीय छलफलमा लालझडी गाउँपालिकाकी उपअध्यक्ष सपना चौधरी राना, नेपाली कांग्रेसका अजब सिंह राना, नेकपा माओवादी केन्द्रका गाउँ कमिटी अध्यक्ष फुलाराम चौधरी,नेकपा एमाले गाउँ कमिटी अध्यक्ष ओमप्रकाश राना,नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि पल्टु राना, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि राम बिलास राना, दोदा साना किसान कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष गोमती राना, सहकारीका प्रवन्धक गणेश राना, अनमोल कृषि सहकारीका अध्यक्ष आशाराम राना, उपा अध्यक्ष रन्जिता राना,लगायत राजनीतिक दलका प्रतिनिधि, सहकारीका पदाधिकारी तथा कृषक संघर्ष समितिका संयोजक गोविन्द चौधरी,राजेश राना, मोहन बडायक, आशाराम चौधरी,इतवारी चौधरी,पच्चुलाल सदस्यहरूको उपस्थिति थियो।

सम्झौताअनुसार सहकारीहरूले ६ महिनाभित्र कानुनी प्रक्रिया अगाडि बढाई कृषकहरूले भुक्तानी गरेको रकम फिर्ता गर्ने र आवश्यक कृषि औजार उपलब्ध गराउने वाचा गरेका छन्। दोदा साना किसान कृषि सहकारीको तर्फबाट अध्यक्ष गौमती राना र अनमोल सहकारीका अध्यक्ष आशाराम चौधरीले सहकारीबाट हुने सेवासुविधा भोलिदेखि नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

पीडित कृषकहरूको संघर्ष समितिका अध्यक्ष गोविन्द चौधरीले सहकारीमा रहेका ९९६ सदस्यहरूको अधिकार सुरक्षित गर्न आजैदेखि कामकाज सञ्चालन हुने बताएका छन्। सहकर्मी अध्यक्षसमेत रहनुभएका संस्थापक अध्यक्ष गौमती राना ले पीडितहरूको पक्षमा कानुनी कारबाही गरी विभिन्न कानुनी प्रोसेसहरु अगाडि बढाई जिल्ला कञ्चनपुर जिल्ला अदालतमा मार्फत ठगहरूको कानुनी दायरामा ल्याई आवश्यक कारबाही गरी कृषकहरूको रकम फिर्ता गर्ने बारे जानकारी दिनुभयो कृषकहरूले जम्मा गरेको १ करोड ३२ लाख ३७ हजार ७५० रुपैयाँमध्ये केही रकम फिर्ता भइसकेको र केही कृषि उपकरण (पानी मोटर ४० थान, स्प्रे टंकी १०० थान) वितरण भएको जानकारी गराइएको छ।

सम्झौतापछि सर्वपक्षीय उपस्थितिमा अनमोल सहकारी कार्यालयको ताला कृषक मिना रानाले खोलेकी थिइन्। त्यस्तैगरी दोदा साना किसान कृषि सहकारी लिमिटेडको ताला सङ्घर्ष समितिका सदस्य समेत रहेका ईतवारी चौधरीले प्रशासन पीडित सङ्घर्ष समितिका सम्पूर्ण सदस्यहरु कृषक जनप्रतिनिधि हरूको रोबरमा ताला खोल्ने काम भएको र खुलिसकेको छ भने कार्यालयका आफ्ना दैनिकी काम कारबाही सुरु भएको जानकारी गराउनुभएको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio