जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव ः पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग 

४ भाद्र २०८२, बुधबार
जनसरोकार पोष्ट राष्ट्रिय दैनिककोे १३ औँ बार्षिकोत्सव ः पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग 

कञ्चनपुर, भदौँ ४

सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सव मनाएको छ ।

जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले १३ औँ बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको हो । जनसरोकार पोष्ट दैनिकका प्रकासक तथा प्रधानसम्पादक राजेन्द्र प्रशाद अवस्थीले यस पटकको बार्षिकोत्सव अवसरमा पत्रकार कल्याण कोषका लागि आर्थिक सहयोग गरेको बताए । पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार समेत रहेका अवस्थीले पत्रकारको हकहितका  लागि कोषमा आर्थिक सहयोग गरेको बताए । साप्ताहिकबाट सुरु भएको पत्रिका एक वर्षमै दैनिक पत्रिकाको रुपमा पाठकवृन्दसमक्ष ल्याउन सफल भएको थियो ।

कठिनतम परिस्थितिमा पनि हार नमान्दै विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा पाठकवृन्दको साथ र समर्थनका कारण दैनिक प्रकाशनलाई निरन्तरता दिई रहेको छ । अवस्थीले सदैव राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा निष्पक्ष कलम चलाइरहने  प्रतिज्ञा गरेका छन । 

प्रधान सम्पादक राजेन्द्र प्रशाद अवस्थीले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका छन । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले बार्षिकोत्सवको अवसरमा पत्रकारको हकहित, कल्याणका  लागि गरेको सहयोगले संकटमा पर्ने पत्रकारलाई सहयोग पुग्ने बताए । जनसरोकार पोष्ट दैनिक परिवारले पत्रकार कल्याण कोषमा सहयोग गरी प्रोत्साहन गर्नु भएको छ । बार्षिकोत्सवको अवसरमा हरेक बर्ष जनसरोकार पोष्ट दैनिकले विवित समाजिक क्षेत्रमा कामकाज गर्दै आएको छ । 

Wedding Story advertisement Of Jems Movies & Photo Studio