लालझाडीका किसानले सहकारी मार्फत सुरो नेपाली एनजिओले ठगेको भन्दै गत साता दोदा साना किसान सहकारीमा लगाएको ताला तोडिएको छ । किसानसंगको सहमती बिनै सहकारीले बिहीबार ताला तोडेको हो ।
१६३बोरा मलखाद आएको र मलखाद गोदाम नभेटाएपछि सहकारीले तोडेको जनाएको छ । दोदा साना किसान सहकारीका अध्यक्ष गोमती रानाले बाह्यबाट आएको मलखाद राख्नका लागि ताला तोडेको बताए ।

उनले पानी परेकै दिन मलखाद आएकाले किसानलाई दिनुपर्ने मलखाद सुरक्षाका लागि तोडेर राखेको बताए । उनले तालाबन्दी गर्ने किसान गोबिन्द चौधरी, पालिका प्रहरीसग समन्वय गरेर तोडेको बताए ।
अनुदानमा कृषि समाग्री दिन्छौँ भन्दै सहकारी मार्फत अढाई सय किसानबाट १करोड ३२लाख बढी रकम संकलन गरेर चुरो नेपालमा बुझाएपनि किसानले कृषि समाग्री नपाएपछि तालाबन्दी गरेका थिए ।
किसानले किसान मार्फत रकम संकलन गर्नेदेखि दुरुपयोग गर्नेमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन ।






