लालझाडी । कञ्चनपुरमा आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
१३ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा लालझाडी गाउँपालिका-४ सिकलपट्टी जाईका ४५ वर्षीय पुरुषलाई मंगलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

उनका अनुसार साउन २४ गते राति छोरीमाथि बलात्कार गरेको घटनामा संलग्न उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।






