घाइते चित्तलको उपचार गर्ने विषयलाई अतिरञ्जित बनाइयोे ः कृष्णपुर नगरप्रमुख ओझा

२०८२ श्रावण १७, शनिबार १७:२७
घाइते चित्तलको उपचार गर्ने विषयलाई अतिरञ्जित बनाइयोे ः कृष्णपुर नगरप्रमुख ओझा

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले चित्तल पालेकोे समाचार बाहिर आएपछि नगर प्रमुख हेमराज ओझाले पत्रकारहरु संग छलफल गर्नु भएको छ । शनिवार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले घाईते भएको चित्तललाई उद्धार गरेर अहिले पालिको परिसरमा राखेर उपचार भईरहेको बताउनु भयो ।

एक वर्ष पहिला कृष्णपुर नगरपालिका ७ मा गडैयापट्टी वनमा स्थानियले घाईते अवस्थामा फेला परेको र आफुले तत्कालिन डिएफओ संगको मौखिक कुरामा पालिकमा राखेर उपचार गरीरहेको बताउनु भयो ।

आफै गएर उक्त चित्तलको उद्धार गरेको र अहिले पनि उपचार चलिरहेको भएर पालिकाको परिसर भित्रै राखेर उपचार गराई रहेको जानकारी गराउनु भयो । कृष्णपुर नगरपालिका प्रमुख ओझाले आफूले ‘सफा नियत’ का साथ उसको उद्धार पश्चात उपचार गर्ने भनेर नै चित्तल पालिकामा राखिएको बताउनु भयो ।

यसको पछाडी कुनै आर्थिक एवम अन्य कुनै लाभ लिने योजना पनि नरहेको र कुनै अवैध कारोबार नभएर वन्यजन्तुप्रतिको समवेदना मात्र भएको स्पष्ट पार्नु भयो ।

चित्तल घाइते अवस्थामा भेटिएपछि पूर्व डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई मौखिक जानकारी गराएर नगरपालिका भित्र सुरक्षित खोर निर्माण गरी पालन गरिएको बताउनु भयो ।

आफु शाकाहारी भएको बताउँदै “चित्तलप्रती आफनो कुनै स्वार्थ नभएको र आफुसंग प्रयाप्त जग्गा रहेको यदी चित्तल पाल्ने शौकिन भएको भए आफनै घरमा लगेर खोर बनाएर राख्थे नी” उहाँले भन्नु भयो ।

कानुनी प्रक्रिया नपुगेको हुन सक्छ, तर हाम्रो नियतमा कुनै खराबी छैन,” उनले भने, “स्थानीयको जोडबलमा हामीले चित्तललाई बचाउने प्रयास गरेका हौं।” तर अर्कोतर्फ, डिभिजन वन कार्यालय कञ्चनपुरले भने कृष्णपुर नगरपालिकाले वन्यजन्तु संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गरेको आशङ्कामा छानबिन सुरु गरिसकेको छ।

डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार, सब डिभिजन वन कार्यालय वाणीलाई छानबिन गरी प्रतिवेदन पेश गर्न औपचारिक निर्देशन दिइएको छ ।

उनले पत्रमार्फत जनाए अनुसार, नगरपालिकाले चित्तलका लागि छुट्टै खोर बनाएर विगत एक वर्षदेखि पालन गरिरहेको सूचनाका आधारमा यथार्थ बुझ्ने प्रयास थालिएको हो ।