धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले साउन ११ गते सार्वजनिक विदा दिएको छ ।
रानाथारु समुदायले मनाउने तीज पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले साउन ११ गते स्थानीय सार्वजनिक विदा दिएको हो ।
नगरपालिकाको २०८१ साउन ३१ गते बसेको कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको हो । सोही निर्णयानुसार स्थानीय विदा दिएको नगरप्रमुख गोपाल हमालले बताए । विदाको दिन धनगढी उपमहानगरस्थित सरकारी कार्यालय, शैक्षिक संघ संस्थालगायत बन्द रहने जनाइएको छ ।
यसैबीच पुनर्वास नगरपालिका, कृष्णपुर नगर पालिका र लालझाडी गाउपालिकाले तीजको अवसरमा साउन ११ गते सार्वजनिक विदा दिएको छ ।