उदय बाल क्लबको आयोजनामा ७ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

२०८२ श्रावण ७, बुधबार २२:००
उदय बाल क्लबको आयोजनामा ७ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

कञ्चनपुर — उदय बाल क्लबको आयोजनामा र उदय माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालित ७ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम आज एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्ष उदय बाल क्लबका अध्यक्ष श्री राजाराम शाही रहनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कृष्णपुर नगरपालिका वार्ड नं २ का वडा अध्यक्ष श्री अर्जुन सिंह साउदको उपस्थिति रहेको थियो।

त्यस्तै, उदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री दिपेन्द्र पाल, विद्यालयका प्रधानाध्यापक श्री बम्मन राना, तालिमका प्रमुख प्रशिक्षक श्री के.पी. कलौनी, प्रमुख प्रशिक्षक श्रीमती प्रेरणा पाण्डे, तथा NNSWA का प्रोग्राम अफिसर श्रीमती सारिका पाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भयो।

तालिमको कार्यक्रम सञ्चालन प्रशिक्षकद्वय श्री वासुदेव पाण्डेय र श्रीमती आशा बिष्टले गर्नुभएको थियो। तालिममा चारजना प्रशिक्षकहरू संलग्न हुनु भएको थियो — प्रमुख प्रशिक्षक श्री के.पी. कलौनी, प्रमुख प्रशिक्षक श्रीमती प्रेरणा पाण्डे, प्रशिक्षक श्री वासुदेव पाण्डेय र प्रशिक्षक श्रीमती आशा बिष्ट।

सात दिनसम्म सञ्चालन भएको यस तालिममा विद्यालयका कक्षा ८ देखि १० सम्मका ३२ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

तालिममा उद्घोषण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, समूहमा कार्य गर्ने सीप, समय व्यवस्थापन, र प्रस्तुति शैली जस्ता महत्वपूर्ण पक्षहरूमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो।

कार्यक्रमका अन्त्यमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अतिथिहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए।