कञ्चनपुर । त्रिभुवन विश्वविद्यालयका डिन तथा रानाथारु भाषा विकासमा महत्वपुर्ण भुमिका खेलेका प्रा डा. दुबिनन्द ढकालको प्रमुख आतिथ्यमा रानाथारु भाषाको व्याकरण र शव्दकोष नामक पुस्तकको लोकार्पण भएको छ । उक्त पुस्तक प्रा डा. दुबिनन्द ढकाल, , शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रिय अध्यक्ष, भाषाबिद कमल सिं रानाले सम्पादन तथा निर्माण गर्नु भएको छ ।
साेहि कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख त्रैलोक्यमान बनेपालीकाे विशिष्ट आतिथ्य , लालझाडी गापा प्रमुख निर्मल राना, रानाथारु समुदायका साहित्यकार पदम राना , नेपाल सस्कृत विश्वविद्यालयका उपप्राध्यापक मोहन चौधरी लगायत नेपाल रानाथारु समाज केन्द्रीय महासचिव तिर्थराज राना, रानाथारु उत्थान मन्चका सल्लाहकार धोके राना , लालझाडी गाउपालिका वार्ड अध्यक्ष आशाराम राना, प्रकाश राना, गोमती राना, शंकर राना , अमर राना, घुम्मन राना, भोजराज राना, भक्ता राना लगायत रानाथारू भलम्न्सा बुद्धीजिबी, पत्रकारहरूकाे उपस्थितिम रहेकाे थियाे ।
यस पुस्तकले रानाथारु समुदायको भाषा विकासमा लेखकज्युहरुले महत्वपुर्ण सहयोग पुग्ने आशा व्यक्त गरेका छन , यस पुस्तकले रानाथारूकाे भाषा लेखनमा सुद्धता, भाषा लिपिबध्द गर्न महत्वपुर्ण भुमिका खेल्ने बताएका छन ।
लालझाडी गाउपालिकाकाे आयोजनमा भाषा अायाेग शंखमुल काठमाडाैकाे सहयाेगमा नेपाल रानाथारु महिला सघका अध्यक्ष प्रेम वती राना लगायत सघका पदाधिकारी को सहयोग रहेको थियो। यस कार्यले रानाथारु मातृभाषा शिक्षा, सन्चार , इतिहास , साहित्य लगायत यस पालिकाको सरकारी कामकाजी भाषाको लागी महत्वपुर्ण जग तयार गर्नेछ भन्ने आशा लेखक समुहले गरेको छ, रानाथारु भाषाको साहित्य, भाषा विकासमा प्रज्ञा प्रतिष्ठान सदैब तयार रहने प्राज्ञ त्रैलोक्यमान बनेपालीले बताउनु भयो । प्राडा दुबीनन्द ढकालले रानाथारु समुदायको भाषामा अझै धेरै स्म्भावनाहरु रहेका छन बताउनु भयो साथै व्याकरण का विविध पक्षका विषयमा प्रकाश पार्नु भएको थियो । बक्ताहरुले यो कार्य ऐतिहासिक हएको जिकिर गर्नु भएको थियो ।