बेलौरी :- भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण गरौ भन्ने मुल नाराका साथ बेलौरी नगरपालिका वडा नं ७ मा बाटोको किनारमा वृक्षारोपण अभियान सुरु गरिएको छ। वडा कार्यालयको आयोजना र नगर युवा सञ्जाल वडा नं ७ को सहकार्यमा शुक्रबार असार २० गते सम्पन्न भएको कार्यक्रममा नगर उप–प्रमुख जोगराम चौधरीले उद्घाटन गरेका हुन ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठका अनुसार वडा क्षेत्रभर हरियाली र सुन्दरता कायम राख्न दुई हजारभन्दा बढी बोट बिरुवा लगाइनेछ। “हरियाली वातावरण र स्वच्छ नगरका लागि सबैलाई सहभागी भएर आ-आफ्नो टोलटोलमा बिरुवाको संरक्षण गर्न अनुरोध गरेका हुन । सब डिभिजन वन कार्यालय पचकडियाबाट बोट विरुवाहरु उपलब्ध गराएका हुन । ठूलो सिंहपुर र टिणियामा वृक्षारोपण गरेका छौ । असार २१ र २२ गते वडा क्षेत्रभरी नै वृक्षारोपण गरिने जानकारी दिएका हुन ।

स्थानीयवासीहरूले बाटोमा गाई ,गोरु , भैंसी र बाख्राहरु नबाँध्ने र आफ्नो घरअगाडि रोपिएका बिरुवाहरूको संरक्षण आफैं गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगर उप–प्रमुख चौधरीले वृक्षारोपण अभियानलाई छिट्टै बेलौरी नगरपालिका भर फैलाउने योजना रहेको बताए। “हरियाली नगर बनाउनु हाम्रो साझा लक्ष्य हो,” उनले भने ।
वृक्षारोपण अभियानप्रति स्थानीयवासीहरू खुसी र उत्साहित देखिएका छन्। अभियानबाट वडाका वातावरणीय दृष्टिले थप सुन्दर र स्वच्छ बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।
उक्त वृक्षारोपण कार्यक्रममा बेलौरी वडा नं ६ र ७ का वडा अध्यक्ष , नेपाली कांग्रेसका प्रतिनिधि , नेकपा एमालेका प्रतिनिधि , स्थानीय भलमन्सा अगुवाहरु लगायतको उपस्थिति रहेको थियो ।