कञ्चनपुर, कृष्णपुर — कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–३ स्थित देखतभुलीमा एक जनाको मोबाइल चलाउने क्रममा कल्भटबाट खसेर ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ।
स्थानीय ३५ वर्षीय अशोक चौधरीको गएराति करिब ९ बजे घर नजिकै रहेको कल्भटमा खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उहाँ त्यसबेला कल्भटमा बसेर मोबाइल प्रयोग गरिरहनुभएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार, चौधरी साँझको समयमा मोबाइल चलाउँदै कल्भटको छेउमा बसेका थिए। अचानक पानीको नालीतर्फ लडेपछि टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
स्थानीय बासिन्दाका अनुसार अशोक चौधरी पेशाले एक ड्राइभर थिए र मिलनसार, मेहनती तथा जिम्मेवार व्यक्तित्वका रुपमा चिनिन्थे। उनको असामयिक निधनले परिवार, इष्टमित्र र समुदायमा शोकको छाया परेको छ।तत्कालै उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।