लालझाडी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल  भानु माध्यमिक विद्यालय, लालझाडी–२, कञ्जको SEE २०८१ को नतिजा सार्वजनिक

२०८२ असार १५, आईतवार ०९:५५
लालझाडी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल  भानु माध्यमिक विद्यालय, लालझाडी–२, कञ्जको SEE २०८१ को नतिजा सार्वजनिक

कञ्चनपुर — कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–२, कञ्जस्थित भानु माध्यमिक विद्यालय ले कक्षा १० को see को  परीक्षा मा उल्लेखनीय नतिजा हासिल गरेको छ। विद्यालयबाट यस वर्ष जम्मा ७० जना विद्यार्थी परीक्षा सहभागी भएका थिए, जसमा ४९ जना साधारण धार (सामान्य शिक्षा) र २१ जना   (सिभिल) तर्फका विद्यार्थी थिए।

परीक्षामा सहभागीमध्ये ३९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। तिनीहरूमध्ये २४ जना साधारण धार१५ जना प्राविधिक धार (सिभिल) तर्फका छन्। यस अनुसार विद्यालयको औसत उर्तिर्ण प्रतिशत ५५.७१% रहेको छ।

साधारण धार (सामान्य शिक्षा) उर्तिर्ण प्रतिशत: ४८.९८%

प्राविधिक धार (सिभिल) उर्तिर्ण प्रतिशत: ७१.४३%

विद्यालय प्रशासन, शिक्षक/शिक्षिका, अभिभावक तथा सम्पूर्ण समुदायको समर्पण र सहयोगको फलस्वरूप यो उपलब्धि सम्भव भएको विद्यालयले जनाएको छ। उत्तीर्ण भएका सबै विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विद्यालय परिवारले उनीहरूको आगामी शैक्षिक यात्रामा उज्जल भविष्य शुभकामना। व्यक्त गरेको छ।

श्री भानु माध्यमिक विद्यालय, लालझाडी-२, कञ्ज, भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्दै गाउँपालिका स्तरमै मात्र नभई जिल्ला तथा प्रदेशस्तरमा समेत प्रतिष्ठा कायम गर्ने लक्ष्यमा अघि बढिरहेको विद्यालय व्यव्थापन समितिका अध्यक्ष प्रकाश राना ले बताएको छ।साथै लालझाडी गाउँपालिका भित्र का सम्पूर्ण विद्यालय को नतिजा यस प्रकार रहेका छ।