कृष्णपुर — अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको अवसरमा कृष्णपुर नगरपालिका वडा नं १ मा रहेको श्री बैजनाथ बाल क्लबको आयोजनामा र वडा कार्यालयको आर्थिक सहयोगमा बिहीबार एक विशेष चेतनामूलक र्याली सम्पन्न भएको छ।


राधाकृष्ण मन्दिर, दोमिल्लाबाट सुरु भएको र्याली पहरिया वडा कार्यालयमा गएर समापन गरिएको थियो। करिब ४ किलोमिटर लामो यो र्यालीमा ८२ जना बालबालिका, १०–१५ जना विभिन्न संस्थाका प्रतिनिधिहरू, जनप्रतिनिधि, शिक्षक, श्री बैजनाथ बाल क्लबका पदाधिकारीहरू र अस्थायी प्रहरी पोस्ट पहरियाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य लागूपदार्थ दुर्व्यसन, यसको असर र यस विरुद्धको साझा प्रयासबारे समुदायमा जनचेतना फैलाउनु रहेको आयोजक पक्षले जनाएको छ।
र्यालीमा सहभागी बालबालिकाले प्लेकार्ड तथा नारासहित लागूपदार्थको प्रयोगले पर्न सक्ने नकरात्मक प्रभावहरूबारे जनतालाई जानकारी गराएका थिए। स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाउने उद्देश्यसहित आयोजित यस अभियानप्रति वडावासी तथा सरोकारवालाहरूले प्रशंसा व्यक्त गरेका छन्।

कार्यक्रमका कोषाध्यक्ष वासुदेव पाणडेका अनुसार, २०७३ सालसम्म वडा नं १ लाई पूर्ण रूपमा बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन भइरहेका छन्। यही अभियान अन्तर्गत शुक्रबार (भोलि) बिहान ७:०० बजेबाट अर्को चेतनामूलक र्याली कालिका मावि बन्डबाट सुरु भई वंक हुँदै वडा कार्यालयमै समापन हुने कार्यक्रम रहेको छ।
श्री बैजनाथ बाल क्लब तथा वडा कार्यालयको सहकार्यमा संचालित यस्ता कार्यक्रमहरूले बालअधिकार, शिक्षा, स्वास्थ्य तथा सुरक्षा विषयमा समेत समुदायमा गहिरो चेतना फैलाइरहेको जनाइएको छ।
२०८३ साल सम्म बल क्लवलाई बालमैत्री वडा घोषणा गर्ने अभियान मा लागिरहेको छौ बल क्लबका कोषाध्यक्ष वासुदेव पाण्डे ले जानकारी गराउनु भएको थियो।