नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं १ मा रहेको विनबारी कृषि बहुउद्देश्य सहकारी संस्थाले ५०% अनुदानमा कृषि यन्त्र वितरण गरिएको छ।

वितरण कार्यक्रम मा सभापति विनबारी कृषि बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष बलराम राना रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना रहनु भएको थियो ,अतिथि बिनबारी कृषि बहुउद्देश्य सहकारी संस्थाका पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।

कृषि ज्ञान केन्द्र महेन्द्रनगर कञ्चनपुर आ.ब. २०८१ /०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नवीनतम प्रविधि मार्फत खाध्यान उत्पादन गर्ने किसान लाई ५०%अनुदानमा लेजर ल्यान्ड लेबलर १ थान , डिजिटल मिटर २ थान,ब्याट्री २ थान,मिटर जडान गर्ने तार ३ थानगरी विनबारी कृषि बहुउद्देश्य सहकारी संस्थालाई ५०% अनुदान दिएको संस्था का अध्यक्ष बलराम राना ले जानकारी गराउनु भएको थियो। कार्यक्रम मा प्रमुख अतिथिले यस्तो अनुदान ले कृषि ज्ञान केन्द्र कञ्चनपुर लाई विशेष धन्यबाद दिदै किसान लाई धेरै नै राहत भएको बताउनु भएको थियो।