अखिल क्रान्तिकारी कञ्चनपुरको इन्चार्जमा कुँवर

२०८२ जेष्ठ २४, शनिबार ०७:४३
अखिल क्रान्तिकारी कञ्चनपुरको इन्चार्जमा कुँवर

कञ्चनपुर, / अखिल क्रान्तिकारी कञ्चनपुरको इन्चार्जमा डम्बर कुँवर चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला इन्चार्जमा कुँवर चयन भएका हुन ।

विद्यार्थी नेता कुँवरलाई अखिल क्रान्तिकारी केन्द्रीय समितिले जिल्ला इन्चार्जको जिम्मेबारी दिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

अखिल क्रान्तिकारी केन्द्रीय सदस्य समेत रहेका कुँवर विगत दशक बढी समयदेखि विद्यार्थीको हकहितका लागि विद्यार्थी राजनीतिमा सकृय छन ।

भीमदत्त नगरपालिका महेन्द्रनगरका स्थानीय समेत रहेका अखिल क्रान्तिकारी जिल्ला इन्चार्जको जिम्मेबारी पाएका विद्यार्थी नेता डम्बर कुँवरले संगठनले दिएको जिम्मेबारी अनुरुप आम विद्यार्थीको हकहितका साथै संगठनका पक्षमा काम गर्ने प्रतिबद्धता गरेका छन ।