लालझाडीका युवक भारतमा सम्पर्कविहीन

२०८२ जेष्ठ २२, बिहीबार ०८:११
लालझाडीका युवक भारतमा सम्पर्कविहीन

कञ्चनपुर, जेठ २२। कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १, विनवारीका २२ वर्षीय प्रितम राना भारतको हिमाचल प्रदेशबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएका छन्। उनी जेठ १७ गतेदेखि परिवारको सम्पर्कमा छैनन्।

प्रितम राना, भान सिंह रानाका छोरा हुन्। उनी भारतको हिमाचल प्रदेशस्थित सिल्सिमा लहुलबाट घर फर्कने क्रममा चन्डिगढसम्म परिवारको सम्पर्कमा थिए। तर, त्यसपछि उनीसँग कुनै पनि सम्पर्क हुन सकेको छैन। परिवारले प्रितमको खोजीका लागि पहल गरिदिन सबैसँग आग्रह गरेको छ।