कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध (खैरोहिरोइन)सहित २ जनालाई पक्राउ गरिएको छ। बेलौरी नगरपालिका–१० जर्सीखोलाबाट धनगढी उपमहानगरपालिका–३ का राकेश राना र कृष्णपुर नगरपालिका–९ का निशान चौधरीलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट ८ ग्राम ७९० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको थियो। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।