कञ्चनपुरका स्थानीय तहलाई संघीय सरकारबाट ३ अर्ब ९७ करोड अनुदान, कसलाई कति ?

२०८२ जेष्ठ २०, मंगलवार ०७:३८
कञ्चनपुरका स्थानीय तहलाई संघीय सरकारबाट ३ अर्ब ९७ करोड अनुदान, कसलाई कति ?

कञ्चनपुर। अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। संघीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदानबाफत जाने विवरण सार्वजनिक गरेको हो।

जस अनुसार संघीय सरकारबाट कञ्चनपुरका स्थानीय तहले ३ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन्। भीमदत्त नगरपालिकाले सबैभन्दा बढी ७८ करोड ६६ लाख, बेलौरी नगरपालिकाले ४९ करोड ७७ लाख, कृष्णपुर नगरपालिकाले ४६ करोड ३८ लाख, पुनर्वास नगरपालिकाले ४४ करोड ६६ लाख अनुदान पाएको छ।

यसैगरी शुक्लाफाँटा नगरपालिकाले ४३ करोड ३२ लाख, दोधाराचाँदनी नगरपालिकाले ३२ करोड ८१ लाख, बेदकोट नगरपालिकाले ४२ करोड ९१ लाख, बेलडाँडी गाउँपालिकाले ३१ करोड १४ लाख र लालझाडी गाउँपालिकाले २८ करोड ३० लाख अनुदान प्राप्त गरेको छ।