धनगढी जाने भन्दै घरबाट हिँडेकी लालझाडीकी सुविता कहाँ गइन् ?

२०८२ जेष्ठ १९, सोमबार १९:५०
धनगढी जाने भन्दै घरबाट हिँडेकी लालझाडीकी सुविता कहाँ गइन् ?

कञ्चनपुर। लालझाडी गाउँपालिका-२ कञ्जकी २४ वर्षीया सुविता राना बेपत्ता भएकी छिन्। आइतबार बिहान ‘धनगढी जान्छु’ भनेर घरबाट निस्किएकी उनी सोमबारसम्म परिवारकाे सम्पर्कमा आएकी छैनन्।

बेपत्ता युवतीका परिवारले सम्भावित ठाउँहरूमा खोजी गर्दा पनि केही अत्तोपत्तो नलागेपछि स्थानीय र प्रहरीले खोजी कार्य अघि बढाएका छन्।

परिवारले सुवितालाई कतै देखे वा जानकारी भएको खण्डमा ९८१०६५८९०१ र ९७४६३२४६६५ मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरेका छन्।