धनगढी–१५ मा खुला भलिबल प्रतियोगिता सुरु

२०८२ जेष्ठ १८, आईतवार २०:२९
धनगढी–१५ मा खुला भलिबल प्रतियोगिता सुरु

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा आजदेखि खुला भलिबल प्रतियोगिता सुरु भएको छ र भोलि फाइनल हुने भए को छ । ‘भजनी चराई तथा खेलकुद र सांस्कृतिक कार्यक्रम २०८२’ अन्तर्गत आयोजित यस प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि पूर्व वन तथा वातावरण मैत्री माननीय नारद मुनि रानाले गर्नुभयो ।
उजियारी जनचेतना परिवारले आयोजना गरेको यस प्रतियोगितामा कुल १५ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी हुनका लागि प्रति टिम १,००० रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।


प्रतियोगितामा प्रथम हुने टिमले १०,००० रुपैयाँ नगद पुरस्कार पाउनेछ भने द्वितीय हुने टिमलाई ७,००० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतियोगिता उद्घाटन समारोहमा सभापति राजीव राना, विशिष्ट अतिथिहरू धनगढी उमहानगरपालिका उप प्रमुख कन्दकल कुमारी राना, वडा नम्बर १५ का वडा अध्यक्ष सुकदेव राना, नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कमल सिंह राना, गाउँका अगुवाहरू र खेलाडीहरूको उपस्थिति रहेको थियो ।