कञ्चनपुर । नागरिक उन्मुक्ति पाटी कञ्चनपुरका अध्यक्ष नन्द कुमार रानाले पाटी परित्याग गरेका छन । सत्ताधारी नाउपा केन्द्रीय सदस्य समेत रहेका जिल्ला अध्यक्ष रानाले आगामी आर्थिक बर्ष ०८२÷०८२को बजेट घोषणाकै दिन बिहीबार पाटी परित्याग गरेका हुन । १५जेठमा जिल्ला अध्यक्ष रानाले पाटी अध्यक्षलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएका छन ।

उक्त राजिनामा पत्रका नाउमाथि विश्वास गरेजस्तो पाटीले उत्पिडित, उपेक्षित समुदायको हितमा काम नगरेकोे आरोप लगाएका छन । नाउपाले मुल मर्म भन्दा परम्परागत संसदीय दलहरुको सिगो गर्दै पद, पैशा, प्रतिष्ठा, व्यक्तिगत लाभमा केन्द्रीत भएको ठहर गरेका छन ।

पाटीका पछिल्ला गतिबिधीले नैतिकता, ईमान्दारिता, संस्कारका कारण पाटीको साधारण सदस्य समेत नरहने गरेर उक्त पाटीमा बस्न नसक्ने घोषणा गरेका छन । नेकपा एमाले कञ्चनपुरका नेता समेत रहेका बेलौरी नपा ८का तत्तकालिन वडाध्यक्ष राना नाउपातिरै लागेका थिए ।

नाउपा सुप प्रदेश र संघीय सरकारमा सहभागि भएको छ । थारु समुदायको हक अधिकारका लागि भन्दै आएको नाउपा सत्ता केन्द्रीत भएको भन्दै पछिल्ला दिनहरुमा उक्त पाटीका नेता कार्यकर्ताहरु पाटी परित्याग गर्दै आएका छन ।