धनगढी धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का जनप्रतिनिधीले पदभार ग्रहण गरेको ३ बर्ष पुरा भएको छ । २०७९ को स्थानिय तह निर्वाचनबाट निवार्चित भएका जनप्रतिनिधीहरुले ३ बर्षे गतिबिधि सार्वजनिक गर्दै वडा बिशेष कार्यक्रमको आयोजना गरेका छन् ।
वडा बिशेष कार्यक्रममा प्रशारण गरिएको भिडियो सामग्री अनुसार वडाले सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ । वडा अध्यक्ष सेर बहादुर महराका अनुसार सानो आकारको बजेटमा ठुलो र धेरै काम गर्नपर्ने बाध्यताका बिच कार्यालयबाटै सुशासन र सहज सेवा सुरु गरिएको छ ।
तिन बर्षअघी कुर्सी, टेवल समेत अभाव भएको वडा कार्यालयमा पर्याप्त फर्निचर सगैं कर्मचारीलाई काम गर्नमा सहजता प्रदान गर्न इनभटर देखी एसी सम्मको ब्यवस्था छ । पर्याप्त कर्मचारी भएकै कारण जनताले सहज रुपमा सेवा पाइरहेको वडा सचिव नर वडले बताए । निर्वाचित भए सगैं अतिक्रमण हटाउने अभियान र नाला खोलेर बस्ती डुवानबाट बचाउने कार्य शुरुवात गरिएको वडा अध्यक्ष महराले बताए । यसका साथै नदी तटबन्धन, सडक ग्रावेल र कालोपत्रे कार्य निरन्तर छ । पछिल्लो तिन बर्षमा साढे ६ मिलोमिटर बढी सडक ग्रावेल, ७ सय मिटर बढी सडक मर्मत र ३ सय मिटर सडक कालोपत्रे सम्पन्न भएको वडाका सव ईन्जिनियर देवराज जोशीले बताए । यसका साथै पक्की नाली, बिद्यालय भवन, सामुदायिक भवन, पानी नल, सिचाई बोरिङ लगायत माग अनुसारका कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।
सार्वजनिक जग्गा, सम्पदा क्षेत्र, मठमन्दिर, देवस्थलको संरक्षण एवं पर्यटन प्रबद्र्धनका लागी मन्दिरका घेरवार, पर्खाल तथा भवन निर्माणका साथै सिद्धनाथ बेहडाबाबा शनिधाम हनुमान मन्दिरमा अस्टचिरञ्जिबि सहितको शिवको बृहत मुर्ती निर्माण कार्य अन्तिम चरणमा । गुम्बा, मठमन्दिर, देउथान लगायत सबै जातजातीको धर्म एवं संस्कृतीको संरक्षण ।
वडामा रहेका ६ सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न बिद्यालय भवन, शैक्षिक सामग्री र प्रबिधिको उपयोग तथा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरिने गरिएको छ । आजकै कार्यक्रममा आधारभुत तहको परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने ३ जना बिद्यार्थीलाई सम्मान गरिएको थियो ।
सरसफाइका लागी टोल सरसफाई कार्यक्रम देखी बिद्यालय शिक्षा कार्यक्रम जारी रहेको वडा अध्यक्ष सेर बहादुर महराले बताए । टोल–टोलमा आवश्यक डस्टविन वितरण गरी सफा वडा राख्नुका साथै हरियाली अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रम पनि जारी छन् ।
उपमहानगरबाट सञ्चालित बिशेषज्ञ वडा स्वास्थ्य क्लिनिकको ब्यापक प्रचार प्रसार गरी नागरिकहरु हरेक महिना घरदैलोमै बिशेषज्ञ स्वास्थ्य सेवा पाइरहेका छन् । यसका अलावा वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रबाट नियमित खोप कार्यक्रम, भिटामिन, पोषण कार्यक्रम जारी रहेको स्वास्थ्य केन्द्र प्रमुख सगिंता गौतमले बताइन् । स्वास्थ्य केन्द्रको सेवा प्रभावकारी बनाउन आवश्यक उपकरण तथा घेरबार र खानेपानीको ब्यवस्थापन गरिएको छ ।
अपागंता भएका ब्यक्तीहरुलाई सहायक सामग्री निशुल्क सहयोग देखी स्कृनिङ शिविर सम्म आयोजना हुँदै आएका छन् । यसका साथै वडाबाट अपागंमैत्री संरचना निर्माण गरिएको अध्यक्ष महराले बताए ।
वडा नम्बर १२ मा रहेका नदी नाला, जल, जगंलको सदुपयोग गरी नागरिकको आर्थिक उपार्जन सगं जोड्ने वडाको पहल जारी रहेको अध्यक्ष महरा बताउछन् । छ । ३ बर्षे अवधीमा गर्न नसकेका काम आगामी दुई बर्षमा फत्ते गर्ने गरी सक्रिय रहेको उनले बताए ।
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको “हाम्रो धनगढी हामी बनाउँछौ” भन्ने अभियानलाई पनि वडाले निरन्तरता दिएको छ । लैङ्गिक हिसां बिरुद्धको अभियान देखी शान्ति शुरक्षा, लागु औषध, घरेलु मदिरा, घरेलु हिसां, बाल बिवाह, बहु बिवाह, छाउगोठ, झै झगडा मुक्त वडा एवं सरसफाई कार्यक्रमलाई वडाले अभियानका रुपमा सञ्चालन गर्ने गरेको छ । सोही कारण बिगतको तुलनामा घरेलु हिसां, झै झगडा तथा चोरी तस्करी समेत नियन्त्रण हुँदै गएको वडा अध्यक्ष महराको दावी छ ।
बार्षिक समिक्षा तथा वडा बिशेष कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिर बहादुर थापा प्रमुख अतिथि रहेका थिए । थापाले वडा नम्बर १२ बाट अरुलेपनि कामलाई पारदर्शी बनाउनुपर्छ भन्ने कुरा सिक्नुपर्ने बताए । यो वडाले जनताका सुझाव सहित लिएर आफ्ना गतिबिधि सार्वजनिक गरेको छ, यो निकै महत्वपुर्ण छ उनले भने “जनताको नेता भएपछि यसरी जनता सगैं हिन्न सक्नुपर्छ, बिकास भनेको भौतिक मात्रै होइन, मानविय पनि हो, सडक चिल्ला बनाउने अनी तरकारी बिषादी हालेको खाएर बिकास मान्न सकिदैन, बिकासका लागी उत्पादन बढाउनुपर्छ, यो वडालाई कृषीको हवका रुपमा बिकास गर्न सकिन्छ, के पकेट क्षेत्र बनाउने हो सल्लाह गरेर आउनुस आवश्यक सहजीकरण गर्ने छु, जमिन बाँझो छोडेर बिकासका कुरा सुहाँउदैनन्, सबैभन्दा पहिले जमिनको सदुपयोग गर्नुपर्छ ।”
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला कुमारी राना, कृषी ज्ञान केन्द्र, खानेपानी संस्थान लगायत बिभिन्न कार्यालयका प्रमुख तथा शुरक्षाकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा ४५ दिने अभियानमा महत्वपुर्ण भुमिका निर्बाह गर्ने, वडाको बिकासमा सहयोग गर्ने, उत्कृष्ठ करदाता, उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ बिद्यालय लगायत वडाका ज्येष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो ।