लालझाडी – कञ्चनपुरमा एक जना मृत फेला परेका छन । बिहिबार कञ्चन पुर जिल्लाको कृष्णपुर नगरपालिका– ३ चित्रपुरमा शुक्लाफाँटा नगरपालिका– १२ का ६० वर्षिय घुम्मन राना मृत फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतक रानाले मदिरा सेवन गरेका थिए ।
लामो समयपछि भारतबाट घर आएका रानाको घर नपुग्दै बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतक रानाको शरिरमा कुनै घाउचोटपटक नदेखीएको र उनको शव पोष्टमार्टमका लागि महाकाली प्रदेशीक अपस्पताल पु¥याईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।






