कञ्चनपुर । कञ्चनपुर जिल्लाको रानाथारु भलमन्सा समितिको अध्यक्षमा रामबहादुर गिरीथारु चयन भएको छ । नेपाल रानाथारु समाज केन्द्रिय कार्यसमितिको आयोजनामा आज वसेको भेलाबाट रानाथारुको भलमन्सा समितिको अध्यक्षमा गिरीथारुलाई चयन गरको छ । धनगढी उपमहानगर पालिकाकी नगर उपप्रमुख कन्दकला रानाको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । “धनगढी उपमहानगर पालिकाले स्वारोजगारको सवालमा होस या सफा धनगढी स्वाच्छ धनगढी विषयमा होस हाम्रो पालिका अन्य पालिका भन्दा राम्रो काम गरि रहेको छ, अर्को महात्वपुर्ण कुरा के हो भने धनगढी उपमहानगर पालिकाले महिलाहरुलाई विभिन्न किसिमको सिप देखि आफ्नाे सामुदायको खानाको परिकार तयार गर्न लगाई विक्रिका लागि हामीले प्रत्येक शनिबार रोजगार मेला संचालन गरेका छौ, महिला दिदीवहिनीहरुले मेलामा आफुले सिकेको सिप विक्रि गर्ने मौका पाउछन । यति मात्र नभएर धनगढी उपमहानगर पालिकाले धनगढी वासीलाई मात्र सेवा सुविधा नदिएर वरिपरिका पालिकामा वस्ने ब्यक्तिहरुलाई पनि सहयोग गरिदै अाइरहेकाे छ , चाहे सव बहानको कुरा होस या रोजगार दिने कुरा, धनगढी उपमहानगर पालिकाले १९ प्रकारको एक हजार जनालाई तालिम दिएको बताइ”, उपप्रमुख राना ।

कार्यक्रम केन्द्रिय अध्यक्ष कमल सिंह रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उठेको सवालको जवाफ दिदै अध्यक्ष रानाले भने, “ नेपाल रानाथारू समाज गठनकाे कुरामा म के भन्न चाहन्छु भने हामी संग सवै डकुमेन्ट छ, निर्वाचन समितिले हामीलाई वकैदा निर्वाचित भएकाे प्रमाण पत्र दिएको छ । चह्यो भने हामीले हाम्रो लेटरप्याड क्रिते गर्नेको नाममा मुद्दा पनि हाल्न सक्छाै तर हामी त्यसो गर्दैनौ किन भने समाज मिलाएर लैजानु छ । सुदुरपश्चिप प्रदेशले प्रदेश स्तरिय भलमन्सा प्रथाको ऐन निर्माण हुन लागेको अव हामीले सो ऐनमा आफुलाई लागेको कुरा लेखाउनु पर्ने हो र अर्को कुरा सुदुरपश्चिप प्रदेश सरकारले कर्मचारी ऐनमा रानाथारु र चौधरी थारुहरु लाई १५ प्रतिशत अरक्षण छुट्टाइको कुर उल्लेख गरेको छ हामीले उक्त ऐन नमान्ने भनेर संसोधनको लागि मुख्य मन्त्री संग माग गरेका छौ ।”
कार्यक्रममा रानाथारु उत्थान मञ्चका संस्थापक अध्यक्ष धोखे राना, संर्घष समितिका अध्यक्ष सागर राना लगायत कञ्चनपुर जिल्लाका सय भन्दा वढी भलमन्साहरुको उपस्थिती रहेको थियो भने महासचिब तिर्थराज रानाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

उक्त भेला बाट जिल्ला स्तरिया रानाथारु भलमन्सा समिति कञ्चनपुरका अध्यक्षमा राम बहादुर गिरीथारु, उपाध्यक्ष रामसरण राना, सचिब रमेश राना, सहसचिब श्याम सिंह राना, कोषाध्यक्ष सावित्री राना, सदस्यमा रत्ती राना, विन्दो राना, मिठ्ठु राना, बलराम राना(धंगरा),सहिवा राना, मिठु राना गठन भएको छ






