नरेश राना / कञ्चनपुर
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ४ मा सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ। एक दिवसीय कार्यक्रम मा वडा नं ४ का वडा अध्यक्ष बहादुर राना ले उद्दघाटन गरी सहकारी सम्बन्धी विभिन्न विषयमा अन्तर्क्रिया गरिएको थियो।

जस् अनुसार सहकारीका मूल्य मान्यता,अवधारणा,सहकारी का सिद्धान्त,सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली,सरंक्षित पूंजी फिर्ता कोष को बारेमा सहकारी शाखा प्रमुख प्रभु राज जोशी ले बताउनु भएको थियो। लालझाडी गाउँपालिका मा अन्तर्गत पर्ने सहकारी संस्था लिमिटेड मा भै रहेको गतिविधि,सहकारी संस्थाले कार्य योजना अनुसार काम कर्तव्य गरेको की गरेन भन्ने विषयमा बुझ्न को लागि प्रत्येक वडा मा गई सहकारी व्यवस्थापन तालिम दिइरहेको शाखा प्रमुख ले जानकारी गराउनु भएको थियो।

सो कार्यक्रम लाई लालझाडी गाउँपालिका का प्रशासनिक अधिकृत हेमराज उपाध्याय ले सहजीकरण गर्नु भएको थियो।






