बेलौरी।   कञ्चनपुर बेलौरीमा जलेको अवस्थामा पुरुषको शव फेला परेको छ ।

मंगलबार बिहान बेलौरी नगरपालिका १० शिबनगरमा जलेको अवस्थामा मोटरसाइकल र शव फेला परेको हो ।

तोरीको भुसामा जलेको अवस्थामा मोटरसाइकल र केहि पर शव फेला परेको छ ।

शव बेल्डाडी गाउँपालिका ३ का हरिकिसन रानाको भएको खुलेको छ  । उनी भैंसी पालन गरि दूध बेच्ने काम गर्ने खुलेको छ ।

 मृतकका परिवार घटना स्थलमा पुगेका छ्न ।

परिवारलेजनले उनको हत्या गरिएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन ।

 प्रहरी पनि घटनास्थलमा छ । शब अब उठाएर पोस्टमार्टमको लागि पठाइने तयारीमा छ ।