धनगढी, २२ चैत्र । कठरिया समुदायकाे चाडपर्वहरुमा एकरुपता ल्याउनका लागि एक दिवशीय बिचार गाेष्ठि जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. १ स्थित सुखडमा सम्पन्न भएकाे छ । कठरिया सन्देश पत्रिका घाेडाघाेडी न.पा. १० पहलमानपुरकाे आयाेजना तथा पहिचान युवा क्लव सिसैयाकाे सह-आयाेजनामा गाेष्ठि भएकाे हाे ।
कठरिया सन्देश पत्रिकाका प्रकाशक राजेन्द्र कठरियाकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी लम्कीचुहा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया रहेका थिए भने बिशिष्ट अतिथीमा कठरिया समाज नेपालका केन्द्रिय उपाध्यक्ष गिता कठरिया लगायत रहेका थिए ।

यसैबिच उक्त गाेष्ठिका सहभागीहरुले कठरिया समुदायकाे आफ्नै भाषा, संस्कृति र संस्कार भएकाले साेकाे संरक्षण र सम्बर्द्धन आवश्यक रहेकाे निष्कर्ष निकालेका छन् । उनिहरुले समुदायले आफ्नाे माैलिक चाडपर्व मनाउने क्रममा अचेलकाे आधुनिकतालाई बिर्सिएर परापुर्वकाल देखि नै पुर्खा पुर्बजले अँगालेकाे सहि कुराहरुलाई आत्मासात गर्दै चाडबाड मनाउनु पर्ने, नभए समुदायकाे पहिचान नै ओझेलमा पर्दै जाने बताए ।

पत्रिकाका ब्यवस्थापक अर्जुन कठरियाले स्वागत गरेकाे बिचार गाेष्ठिकाे संचालन पत्रिकाका प्रधान सम्पादक टिआर कठरियाले गरेका छन् । कार्यक्रममा कठरिया समुदायको प्रमुख बासाेबास रहेकाे २६ गाउँका अगुवा, बुद्धिजीवी, समाजसेवी, पधना, भल्मन्साहरुकाे सहभागीता रहेकाे थियाे ।






