नरेश राना / कञ्चनपुर 

जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ कलकत्ता गाउँमा होरि विदाई तथा चराई कार्यक्रम सम्पन्न भएको छ। राना थारू को परम्परा अनुसार रीति संस्कृतिलाई संरक्षण गर्नका निम्ति जुन मनाउँदै आइरहेको राना थारु को विशेष होरि पर्व लाई  चराइँ पर्व मा विदाई गर्ने चलन रही आएकोले सो विदाई कार्यक्रम लाई बेलौरी नगरपालिका वडा नं ८ को आयोजना मा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम मा सभाध्यक्ष होरि विदाई तथा चराई कार्यक्रम समिति का अध्यक्ष श्याम कुमार राना रहनु भएको थियो।प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विश्राम राना रहनु भएको थियो भने विशिष्ठ अतिथि बेलौरी नगरपालिका वडा नं  ९ का वडा अध्यक्ष किसान सिंह राना,वडा नं १० का सोमलाल चौधरी,वडा नं ७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ,वडा नं ८ का निवर्तमान वडा अध्यक्ष नन्द कुमार राना रहनु भएको थियो भने अतिथिमा नेपाल राना थारू समाज का केन्द्रीय उपाध्यक्ष सुरेश कुमार बडाएक तथा विभिन्न गाउँका पधना भलमन्सा समाजसेबी बुद्धिजीवी को उपस्थिति रहेको थियो। कार्यक्रम मा विभिन्न गाउँका होरि नाच सँगै रानाथारु कलाकार  को बेजोड प्रस्तुति रहेको थियो।

कार्यक्रम मा प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नं ८ वडा अध्यक्ष ले यस् वडा मा गरिने रानाथारु को संस्कृति को कार्यक्रम लाई जगेर्ना गर्न को लागि थप बजेट छुट्याएर आजै भव्यताका साथ सफल पर्ने वाचा गर्नु भएको थियो । कार्यक्रम लाई श्रीषा राना ले सञ्चालन गर्नु भएको थियो।