नरेश राना / लालझाडी 

 “मर्यादित सहकारी समुनन्त समाज “मूल नारा सँगै लालझाडी गाउँपालिका मा ६८ औं राष्ट्रिय  सहकारी दिवस सम्पन्न भएको छ।कार्यक्रम मा लालझाडी सहकारी समन्वय समिति का अध्यक्ष गोमती राना सभाध्यक्ष रहनु भएको थियो भने प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना रहनु भएको थियो विशिष्ठ अतिथि लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर सार्की,वडा नं २ का वडा अध्यक्ष आशाराम राना रहनु भएको थियो।

अतिथि लालझाडी गाउँपालिका का सहकारी प्रमुख प्रभु राज जोशी ,करिताशका कार्यक्रम अधिकृत छेगुरा चौधरी रहनु भएको थियो। कार्यक्रम मा स्वागत मन्तब्य मञ्जरी कृषि सहकारी संस्था लिमिटेड का अध्यक्ष  जानमती चौधरी राना ले व्यक्त गर्नुभएकी थियो। कार्यक्रम लाई करिताश अस्ट्रेलियन ले आर्थिक सहयोग गर्नु भएको थियो।  प्रमुख अतिथि ले सहकारी संस्था का शेयर सदस्य ले के कसरी बचत गरिरहेका छन्,सहकारी लाई हामी तेस्रो खम्बा को रूपमा मान्छौं,बैंक बाट लोन लियो भने धेरै झन्झटिलो भएको ले सहकारी संस्था मा  एक आपसमा बसेर  लोन लिना सकिन्छ र सहकारी लाई आउँदो दिनमा अझै  प्रभासाली बनाउन लागि पालिका बाट हुने सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो।कार्यक्रम मा सहकारी लाई अझै प्रभबसाली बनाउन का लागि करितास अस्ट्रेलियन ले हाजिरी जवाफ प्रतियोगिता गराउनु भएको थियो। लालझाडी मा जम्मा ४ वटा ग्रुपमा मा सञ्चालन गर्नु भएको थियो। लालझाडी १ , लालझाडी ,२ लालझाडी ३,५ लालझाडी ४,६ गरेर सञ्चालन गर्नु भएको थियो। जसमा प्रथम लालझाडी २ ,द्वितीय लालझाडी १,तृतीय लालझाडी ३,५ भएको थियो। कार्यक्रम लाई दोदा कृषि सहकारी संस्था लिमिटेड का प्रबंधक गणेश रानाले सञ्चालन गर्नु भएको थियो।