कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा फागुन ३ गते शनिवार राति घर आगनमा राखिएको मोटरसाइकल चोरी भएको छ।

सु.प.प्र ०२ ००३ प ७७३५ नम्बरको यामाहा एफजेड मोडलको मोटरसाइकल शनिबार राति ११ बजे देखि ३ बजेको बीचमा चोरी भएको हुनसक्ने मोटरसाइकल धनी धिरेन्द्र कुवरले बताए ।

महेन्द्रनगरका कुवर हाल वाणीस्थित समसेर सिंह बिष्टको घरमा डेरामा बस्दै आएका छन् र सनलाइट पब्लिक स्कूलमा शिक्षकको रूपमा कार्यरत छन्।

वाणी क्षेत्रमा पछिल्लो केही महिनामा यो तेस्रो मोटरसाइकल चोरीको घटना हो, जसले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ।

  मोटरसाइकल धनी कुवरले चोरीको खबर दिनेलाई उचित पुरस्कार दिने बताएका छन्। घटना वा चोरीको विषयमा जानकारी हुनेले ९८४१२२८६९९ मा सम्पर्क गर्न सक्नेछन्।