कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं ३ पर्सिया बस्ने दिपराज राना ४ दिन देखि हराइरहेको छ। यही फाल्गुन ४ गते अर्थात आज दिपराज राना को शुभ विवाह रहेको ले उनी बेपत्ता छन् ।माघ ३० गते बिहान ८ बजे धनगढी जाने बस मा बसी विवाह मा लगाउने कोट पाइन्ट लिना को लागि हिटेका दिपराज कोट पाइन्ट लिएर अपनी बहिनी को रूम मा कोट पाइन्ट दिएर विवाह आउँदा खेरी लिएर आउनु भनेको थियो र मेरो काम छ मा जान्छु त्यसपछि दिपराज राना संपर्क विहिन भएको दिपराज राना का दाजु लोकराज राना ले रानाथारु डटकम लाई जानकारी गराउनु भएको थियो।

घरमा बुवा स्वर्गवास भएको आमा ले सबै रेखदेख गर्दै गर्दा घरमा विहा खाने नातेदार हरु आइरहँदा घरमा एकदमै बिचल्ली मा परेका छन् उता बेउली तर्फ का पनि सबै विवाह को तयारी गरेर पनि अप्ठयारो मा रहेका दिपराज का दाजु दुखेसो पोखेका छन् ।घरका दाजु भाई उनको खोजि मा जुटेका छन्।