धनगढी । “गौरवशाली विगत चुनौतिपूर्ण वर्तमान, लगानी वृद्घि गरी सार्वजनिक शिक्षाको उन्नयन, राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त संगठन” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो नगर अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । धनगढी नगर अधिवेशनका सभापति नगर अध्यक्ष शान्ति पालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य नेत्रा नाथ रहनु भएको थियो भने विशिष्ट अतिथिमा प्रदेश उपाध्यक्ष मनराज यादव , जिल्ला कोषाध्यक्ष नन्दलाल राना रहनु भएको थियो । त्यसै गरी अतिथिमा सचिवालय सदस्य गंगाराम ओझा, जिल्ला सहकोषाध्यक्ष विलासु राना, नगर इन्र्चाज नरेन्द्र कोटकेनि, सदस्य खगेन्द्र बहादुर थापा, राधा विष्ट, बुद्घिजिवी संगठनका जिल्ला अध्यक्ष प्रकाश छेडाल रहनु भएको थियो ।
कार्यक्रममा सचिबले संगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष विक्रम कुमार शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धनगढी नगर समितिको अध्यक्षमा दिपक राज जोशि चयन हुनु भएको छ भने उपाध्यक्षमा देवकी पन्त , सचिवमा राम बहादुर वोहरा, कोषाध्यक्षमा भिराराम राना, सदस्यमा लिलावती राना, मानमति कार्कि, विट्टो देवी राना, र १५ जना जिल्ला प्रतिनिधि चयन गरेका छन ।